सल्यानमा असिनापानीले लाखौँको तरकारीमा क्षति
सल्यान । शनिबार राती आएको असिना पानीले सल्यानमा लाखौं मुल्य बराबरको तरकारी नष्ट भएको छ । कपुरकोट गाउँपालिकाका सम्पूर्ण वडामा असिनापानीले लाखौँ रुपैया बराबरको तरकारी तथा फलफूलमा क्षति पुर्याएको हो ।
कपुरकोट बेमौसमी तरकारीको लागि परिचित छ । आम्दानीको मुख्य स्रोतको रुपमा रहेका तरकारी असिनापानीले पूर्णरुपमा नष्ट गरेको किसान ओजबहादुर खड्काले बताउनुभयो । तीन रोपनी जमिनमा लगाएको लसुन सखाप भएको उहाँले बताउनुभयो ।
यस्तै कपुरकोट ३ पाखापानीका किसान भीमबहादुर बढाले आफ्नो एक लाख ५० हजार बढीको तरकारीमा क्षति पुगेको बताउनुभयो । उहाँले भने हाम्रो मुख्य पेशा भने कै यहि तरकारी खेती थियो । छ रोपनीमा लगाएको काउली, टमाटर, केराउ सबै खत्तम भयो ।
तरकारी खेतीमै निर्भर रहेका कपुरकोट क्षेत्रका किसानलाई असिनापानीले ठुलो क्षति पुर्याएपछि परिवार कसरी पाल्ने भन्ने चिन्ताले पिरोल्न थालेको कपुरकोट ५ का किसान टोपेन्द्र केसीले बताउनुभयो ।
गतबर्ष पनि क्षति व्यहोरेका किसानहरुले स्थानीय सरकार तथा राज्यबाट कुनै पनि राहत पाउन नसकेको किसानहरुले गुनाँसो गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्