तपाईँ सुन्दै हुनुहुन्छः

खाना पकाउने ग्याँसको आयातमा कुनै समस्या छैनः नेपाल आयल निगम

काठमाडौं । खाना पकाउने (एल्पी जी) ग्याँसको आयातमा समस्या नरहेको नेपाल आयल निगमले जनाएको छ ।

प्रतिनिधि सभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्त हित समितिको नेपाल आयल निगमको भण्डारण क्षमता तथा उपत्यका भित्र रहेका पेट्रोलियम भण्डारण स्थलको अनुगमन सम्बन्धमा छलफल गर्न आज सिंहदरवारमा बसेको बैठकमा नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले खाना पकाउने ग्याँसको आयातमा कुनै समस्या नरहेकाले अधिक सन्चय नगर्न उपभोक्तालाई अनुरोध गर्नुभयो ।

उहाँले एल्पीजी ग्यांसको सन्चय गर्ने व्यवस्था नहुंदा आपुर्तिमा केही समस्या देखिए पनि चाँडैनै समस्याको समाधान हुने बताउनुभयो ।

निर्देशक पौडेलले पेट्रोलियम पदार्थको आपुर्तिमा भने कुनै पनि समस्या नरहेको जानकारी दिनुभयो ।

बैठकमा सांसदहरुले बजार अनुगमनलाई नियमित गरि कृतिम अभाब सिर्जना गर्ने जो कोहीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button