तपाईँ सुन्दै हुनुहुन्छः

ब्राउन सुगरसहित झापाको भद्रपुरबाट एकजना पक्राउ

झापा। झापाको सदरमुकाम भद्रपुरबाट नियन्त्रित लागुऔषध ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् ।वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ बिर्तामोड नगरपालिका–८ का ३८ वर्षीय बमबहादुर तामाङलाई ४ ग्राम १३० मिलिग्राम ब्राउनसुगर सहित भद्रपुर–५ को समाक्षेत्रबाट पक्राउ गरेको हो ।

लागुऔषधसहित पक्राउ परेका तामाङको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button