तपाईँ सुन्दै हुनुहुन्छः

शुभाघाट खानेपानी आयोजनाको २० प्रतिशत काम

वीरेन्द्रनगर। गुर्भाकोटवासीलाई खानेपानीको सुविधा पु¥याउने उद्देश्यले सञ्चालन गरिएको शुभाघाट खानेपानी तथा सरसफाइ आयोजनाको २० प्रतिशत काम सकिएको छ । दुई वर्षमा नगरवासीलाई खानेपानी सुविधा पु¥याउने उद्देश्यले गत असारदेखि आयोजनाको काम शुरु भएको हो ।

आयोजनाको जिम्मा पाएको आशिष सिएवी पेराजेवीले गत असारदेखि कामको शुरुआत गरेको आयोजनाका प्रोजेक्ट म्यानेजर वसन्त रायमाझीले जानकारी दिनुभयो । रायमाझीका अनुसार अहिलेसम्म ३० किलोमिटरसम्म पाइप बिच्छ्याउने काम भएको छ । त्यसैगरी तीन लाख मिटर क्षमताका चार वटा ट्याङ्की निर्माण भइरहेका छन् ।

रु ७१ करोड १३ लाख १८ हजार ६०० लागतमा निर्माण गर्ने गरी उक्त आयोजनाको वित्तीय सम्झौतामा हस्ताक्षर गरिएको हो । नेपाल सरकारको अनुदानबाट ४९ करोड सात लाख ९२ हजार, नगर विकास कोषबाट १७ करोड ७८ लाख २९ हजार रुपैयाँ आयोजनामा रहेको छ । आयोजना क्षेत्रबाट लाभान्वित हुने उपभोक्ताबाट तीन करोड ५५ लाख ६५ हजार रुपैयाँ सङ्कलन भएको छ ।

शुभाघाट खानेपानी उपभोक्ता समितिकोतर्फबाट मैना विक, गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुन, खानेपानी तथा ढल निकास विभागका उपनिर्देशक नारायणप्रसाद आचार्य र नगर विकास कोषका प्राविधिक सहयोग अधिकृत सुवासराज पन्तले वित्तीय सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो ।

आयोजनाअन्तर्गत शुरुआतमा तीन हजार २५१ निजी धारा जडान गरिनेछ । आयोजनाका लागि एक हजार ९० घनमिटर क्षमताका सात पानी पोखरी निर्माण गरिने छ । दुई वटा खानेपानी प्रशोधन केन्द्र निर्माण गरिनेछ । गुर्भाकोटवासीलाई शुद्ध खानेपानीको व्यवस्था गर्न आयोजना सञ्चालन गरिएको नगरप्रमुख हस्त पुनले बताउनुभयो ।

यसले गर्दा नगरमा समृद्धि हुने उपप्रमुख मैना विकले बताउनुभयो । खानेपानी आयोजनाबाट नगरक्षेत्रका तीन हजार घरधुरीका स्थानीय बासिन्दा लाभान्वित हुने नगरउपप्रमुख विकले जानकारी दिनुभयो । भेरी नदीको सतहबाट साढे छ मिटर सतहमा पानी जम्मा गरी खानीडाँडामा पु¥याउने र त्यहाँबाट पानी वितरण गर्ने गरी काम अघि बढेको छ । भेरीको पानीलाई प्रशोधन गरेर गुणस्तरयुक्त पानी वितरण गरिने उहाँको भनाइ थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button