कोरोना बिरुद्ध सार्क राष्ट्रको उच्चस्तरीय सम्मेलन
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का राष्ट्र र सरकार प्रमुखबीच आइतबार साँझ नेपाली समयअनुसार सवा पाँच बजे भिडिओ कन्फरेन्स हुने भएको छ ।
उक्त भिडियो कन्फरेन्समा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनुुहुने छ । प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईका अनुसार प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालय सिंहदरबारबाट ओली उक्त भिडिओ कन्फरेन्समा सहभागी हुनुुहुने छ ।
प्रतिक्रिया राख्नुहोस्