तपाईँ सुन्दै हुनुहुन्छः

अनेकोटमा माटो खन्नेक्रममा भेटियो प्राचिन बागेश्वर मन्जुश्रीको मुर्ति

काभ्रेपलाञ्चोक । जिल्लाको पाँचखाल नगरपालिका वडा नं. १ अनेकोट कोट्याङ स्थित ठूलीचौरमा प्राचिन मुर्ति फेला परेको छ ।

स्थानीय युवाले माटो खन्ने क्रममा लिच्छविकालिन मुर्ति फेला पारेका हुन् । फेला परेको मुर्तिको तस्बिर नेपालको प्राचीन प्रथम मुद्रा मानाङ्कमा समेत अङ्कित भएकोले फेला परेको मुर्ति १९ सय बर्ष पुरानो हुनसक्ने काभ्रेपलान्चोक पुरातत्त्व बचाउ अभियानका सयोजक श्रीकृष्ण धिमालले जानकारी दिनुभयो ।

‘मुर्ति भेटिएको स्थानमा थप उत्खनन् नगर्न स्थानीयलाई अनुरोध गरिएको र फेला परेको मुर्ति लगायतका विषयमा पुरातत्त्व विभागलाई जानकारी गराइएको’ धिमालले जानकारी दिनुभयो ।

मुर्ति भेटिएको स्थानमा आजै वा भोलिसम्म पुरातत्त्व विभागको टोलि पुग्ने जानकारी पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतमले जानकारी दिनुभएको धिमालले बताउनुभयो । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका विविध क्षेत्रमा यस अघिपनि पटक पटक प्राचिन मुद्रा,धारा,मुर्तिलगायतका सम्पदाहरु फेला परिरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button