तपाईँ सुन्दै हुनुहुन्छः

तेस्रो मुलुकबाट नेपाल आएका विदेशी र नेपालीले भोलिदेखि १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने

काठमाडौं । तेस्रो मुलुकबाट नेपाल आएका विदेशी र नेपालीले भोलिदेखि १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ ।

नेपालमा कोरोना भाइरस भित्रिन नदिन विदेशबाट आएका विदेशीले ‘सेल्फ क्वारेन्टाइन’ र नेपालीले ‘होम क्वारेन्टाइन’मा १४ दिनसम्म बस्नुपर्ने सरकारले निर्णय गरेको हो ।

आजदेखि लागू हुने गरी बिदेशबाट आएका विदेशी र नेपालीले १४ दिनसम्म क्बारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिएको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सचिवालयले जनाएको छ ।

सचिवालयले सार्वजनिक गरेको निर्णयअनुसार गैह्रआवासीय नेपालीसहित, कूटनीतिक र ‘अफिसियल भिसा’ प्राप्त गरेका विदेशी तथा पहिलो पटक प्रवेशाज्ञा प्राप्त गर्दा वा बाहिर गएर नेपाल फर्किएका नेपालीका साथै व्यवसायिक अध्ययन र कामदारको प्रवेशज्ञा प्राप्त गरेका विदेशीलाई समेत यो व्यवस्था लागु हुने जनाइएको छ ।

नेपालको आगमन विन्दुमा विदेशीलाई दिइँदै आएको ‘अनअराइभल भिसा’को व्यवस्था आज राति १२ बजेदेखि बन्द गरिएको अध्यायगमन बिभागका महानिर्देशक ईश्वर राज पौडेलले जानकारी दिनुुभयो ।

आजदेखि ३० अप्रेल सम्म करीब डेढ महिना गैह्रआवासीय नेपालीलाई दिदै आएको अनअराइभल भिसा’ समेत बन्द गरिएको महानिर्देशक पौडेलले जानकारी दिनुुभयो ।

साथै, अर्को सूचना जारी नभएसम्मका लागि श्रम स्वीकृति स्थगन गरिएको र अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई वैशाख १८ भित्र विदेशयात्राको नो अब्जेक्सन सर्टिफिकेट जारी नगर्ने निर्णय समेत गरिएको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button