तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा चट्याङ लागेर एक बालिकाको मृत्यु

फाइल तस्बिर

बैतडी । बैतडीमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवनाथ गाउँपालिका २ टाँडीखर्ककी १२ बर्षीया निर्मला मडै रहेकी प्रहरीले जनाएको छ ।

शनिबार दिउँसो ४ः०० बजेतिर गाईगोरु चराएर घर फर्कदै गरेको अवस्थामा निर्मलालाई चट्याङ लागेको र घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक अशोक पालले बताउनुभयो ।

घरबाट करीब छ सय मिटर पर रहेको जंगलमा निर्मलाको मृत्यु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button