संविधानको सीमा हरेफेर गर्ने बहस उचित छैनः मन्त्री ज्ञवाली
पाल्पा । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संविधानको सीमा हरेफेर गर्ने बहस उचित नभएको बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तानसेन नगर कमिटी पाल्पाद्वारा आयोजित कार्यक्रममा मन्त्री ज्ञवालीले पहिलो काम समृद्ध नेपाल बनाउनुपर्ने अवस्था रहेकाले संविधानका सीमा हेरफेरको बहस उचित नभएको बताउनुभयो ।
मन्त्री ज्ञवालीले नेकपाप्रति जनताको भरोसा अझै रहेकाले यसलाई कायम गरी पार्टी र सरकार लाग्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्