बागमती प्रदेश सरकारले लालीगुराँस संरक्षण गर्ने
मकवानपुर । बागमती प्रदेश सरकार मकवानपुरको उत्तरी क्षेत्रमा पाइने राष्ट्रिय फुल लालीगुँरासको संरक्षण गर्ने भएको छ । गुँरासको हाँगा भाँच्दा र स्थानीयले इन्धनको स्रोतका रुपमा गुराँसका रुख बाल्दा गुराँस संकटमा पर्दै गएपछि त्यसको संरक्षणका लागि प्रदेश सरकार लागेको हो ।
जिल्लाको उत्तरी थाहा नगरपालिका, ईन्द्रसरोवर र कैलाश गाउँपालिकामा पाईने लालीगुँरासको संरक्षणका लागि डिपिआर तयार भईरहेको बागमती प्रदेश उद्योग पर्यटन बन तथा बातावरण मन्त्रालयका अधिकृत नवराज पुडासैनीले जानकारी दिनुभएको छ ।
पहिलो चरणमा गुराँस पाइने मकवानपुरको थाहा नगरपालिका स्थित सबैभन्दा ठुलो करुणाभूमी र ऋषेश्वर बनमा डिपिआर तयार गरी गुराँस संरक्षणको पहल थालिने उहाँले बताउनुभयो ।
चालु आर्थिक वर्षमा दामनमा गुराँस बगैँचा निर्माण गरेर करुणाभूमी र ऋषेश्वर बनमा बिशेष योजना लागू गरिने अधिकृत पुडासैनीले बताउनुभयो ।
उतरी मकवानपुरको चिसो क्षेत्रा दामन, पालुङ, टिष्टुङलगायत क्षेत्रका डाँडापाखादेखि नामटार झिरघारीका डाँडाहरुमा बेहुली झै राताम्य लालीगाँरास फुल्ने गर्दछ । राताम्य फुलेका लालीगुराँसले पर्यटकको मन लोभिएका हुन्छ ।
बाइरोडको नामले परिचित त्रिभुवन राजपथवरपरका जंगलमा फुलेका लालिगुराँसले बाइरोडको यात्रा गर्ने जो कोहीलाई पनि लोभ्यउने गर्दछ । तर, पछिल्लो अवस्थामा रुखको हाँगा भाँच्दा र गुँरासका रुख दाउराको रुपमा प्रयोग हुन थालेपछि संकटमा परेको छ । जसले त्रिभुवन राजपथ हुँदै हिड्ने पर्यटकलाई लोभ्याउने गर्दछ ।
लालीगुराँसका पारखीहरु गाडी रोक्दै तस्बीर कैद गर्नमा ब्यस्त देखिन्छन् भने कोहीले रुख चढेर लालीगुराँस कोसेली लैजाने गर्दछन । त्रिभुवन राजपथ आसपासमा राम्ररी लालीगराँस फुल्ने गरेको र पारखीहरुलाई लोभ्याउने हुनाले पर्यटन प्रवद्धनका लागि लालीगुराँस संरक्षणमा प्रदेश सरकार लागेको पुडासैनीले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्