सल्यानको कपुरकोटमा हेल्थ डेस्क स्थापना
सल्यान । कोरोना भाईरस (कोभिड–१९)को सम्भावित जोखिमबाट बच्न कर्णाली प्रदेशको नाका सल्यान कपुरकोटमा स्वास्थ्य सहायकता कक्ष (हेल्थ डेस्क) स्थापना भएको छ ।
कोरोना भाईरले विश्वलाई नै त्रसित बनाईरहेको समयमा सल्यानको कपुरकोटमा हेल्प डेस्क स्थापना गरिएको हो ।
हेल्थ डेस्कमा तीन जना कर्मचारी खटिने छन् । कपुरकोटस्थित प्रहरी चेक पोइन्ट नजिकै हेल्थ डेस्क स्थापना गरिएको छ ।
केही दिनमै प्रदेशबाट थप जनशक्तिको व्यवस्थापन गरिने कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रीता भण्डारीले बताउनुभयो ।
कर्णाली प्रवेश गर्ने प्रमुख नाका बबई, हुम्लाको हिल्सा र सुर्खेत विमानस्थलमा हेल्थ डेस्क निर्माण भइसकेको छ ।
खास गरेर सार्वजनीक यातायातका साधनमा आउने यात्रुहरुलाई झारेर कपुरकोटस्थित हेल्थ डेस्कमा उनीहरुको ज्वरो जाँच गरिनेछ ।
कोरोना भाइरसका प्रमुख लक्षणहरु १००.४ डिग्रि फरेनहाइटभन्दा माथी ज्वरो आउनु, सास फेर्न गाह्रो हुनु र रुघा खोकी लाग्नु भएकाले हेल्थ डेस्कमा नाकाबाट आउने यात्रुहरुको ज्वरो जाँच गर्छौँ र आवश्यक सल्लाह सुझाव प्रदान गर्छौँ भण्डारीले बताउनुभयो ।
भारतबाट आउने नेपालीहरुमा कोरोना भाइरस आउन सक्ने जोखिम देखिएकाले नाकामा हेल्थ डेस्क राखिएको उहाँले बताउनुभयो । भाइरस विरुद्ध रक्षा पंक्ति तयार गर्नुपर्ने अहिलेको प्रमुख आवश्यकता रहेकोमा जोड दिदै उहाँले स्वास्थ्यकर्मीबाट मात्रै सम्भव नभएकाले सामाजिक रुपमा नै सबै मिलेर कोरोना भाइरसको जोखिमलाई निम्तन नदिन लाग्नु पर्ने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्