तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरीको अमडुवामा औद्योगिक पार्क निमार्ण हुने

बिराटनगर । सुनसरी जिल्लाको अमडुवामा औद्योगिक पार्क निमार्ण हुने भएको छ । प्रदेश न १ सरकारले सो औद्योगिक पार्क निमार्ण गर्न लागेको हो ।

सो ठाउँमा रहेको नेपाल सरकारको मातहतमा रहेको पाँच सय विघा जग्गामा औद्योगिकपार्क निमार्ण गर्न लागिएको आन्तरिक मामिलातथा कानुनमन्त्री हिकमत कार्कीले बताउनुभयो ।

त्यसका लागि प्रदेश सरकारको मन्त्री परिषदबाट निर्णय भईसकेको छ । मन्त्री परिषदले निणर्य गरेर सो जग्गा संघिय सरकारसँग माग गरिएको र संघिय सरकारबाट जग्गा प्राप्तीको स्वीकृती आउने बितिकै निमार्ण प्रक्रिया अघि बढाइने मन्त्री कार्कीले बताउनुभयो । उद्योगी व्यवसायीको माग अनुसार सरकारले औद्योगिक पार्क निमार्ण गर्न लागेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button