मकवानपुर प्रहरीद्वारा आठ स्थानमा कोरोना भाइरसको हेल्प डेस्क स्थापना
मकवानपुर । मकवानपुर प्रहरीले जिल्लाका आठ स्थानमा आजबाट कोरोना भाईरस सम्बन्धी हेल्प डेस्क स्थापना गरेको छ ।
बिश्वलाई नै आतङ्कित पारेको कोरोना भाइरस सम्बन्धी सचेतना फैलाउने उद्देश्यले ईलाका प्रहरी कार्यालयहरुको समन्वयमा हेल्प डेस्क स्थापना गरिएको हो ।
मकवानपुरमा जिल्ला प्रहरी कार्यालयको समन्वयमा हेटौंडा बसपार्कमा, ईलाका प्रहरी कार्यालय पशुपति नगरको समन्वयमा हेटौंडा ८ र ९ मा, मनहरीको समन्वयमा मनहरी बजारमा, ईलाका प्रहरी कार्यालय पालुङको समन्वयमा पालुङ्मा, ईलाका प्रहरी कार्यालय फापरबारीको समन्वयमा फापरबारीमा, ईलाका प्रहरी कार्यालय ठिङ्गनको समन्व्यमा ठिङ्गनमा र ईलाका प्रहरी कार्यालय पदमपोखरीको समन्वयमा पदमपोखरी बजारमा हेल्प डेस्क स्थापना गरिएको प्रहरी उपरिक्षक सुशिल सिंह राठौरले जानकारी दिनुभयो ।
जिल्लामा रहेका वडा प्रहरी कार्यालयलाई प्रचार प्रसार गर्न तथा ईलाका प्रहरी कार्यालयहरुलाई स्थानीय तहसँगको समन्वयमा हेल्प डेस्क स्थापना गरेर सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।
नागरिकलाई कोरोना सम्बन्धी सचेतना फैलाउने उद्देश्यका साथ स्थानीय तहसँगको समन्वयमा आठ स्थानमा प्रहरी र स्वास्थ्यकर्मीसहितको हेल्प डेस्क स्थापना गरिएको जानकारी दिनुभयो ।
उहाँले कोरोना भाइरस सम्बन्धी चेतना एक व्यक्तिमा मात्र भएर नहुने यसको चेतना घर, समुदाय हँुदै जिल्लाभर हुन पर्ने भएकाले हेल्प डेस्क स्थापना गरिएको बताउनुभयो ।
जिल्लाका अन्य स्थानमा समेत हेल्प डेस्क स्थापना गरिने जानकारी दिँदै उहाँले हेल्प डेस्कबाट बढी भन्दा बढी फाइदा उठाउन आग्रह समेत गर्नुभएको छ ।
त्यस्तै प्रहरीले जिल्लाका बिभिन्न बिद्यालयहरुमा समेत कोराना भाईसर सम्बन्धी जनचेतना मुलक कार्यक्रमहरु सञ्चालन गरेको उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्