अवैध असुलीको बिरोधमा ट्यांकर व्यवसायी आन्दोलित
बीरगंज । ईडीयन आयल कर्पाेरेशनका प्रतिनीधिले ईन्धन लिएर नेपाल भित्रीने ट्यांकरसंग रंगदारी कर असुल्न थालेपछि त्यसको बिरोधमा ईन्धन ढुवानी ठप्प पारी ढुवानी व्यबसायी आन्दोलनमा उत्रिएका छन् ।
आज बिहानबाट भारतको बरौनी हुदै तेल बोकेर आएका ट्याँकरहरु आईसीपी भन्सारको ईडियन कष्टम अगाडी रोकेर व्यबसायी तथा ट्याँकर चालकहरु प्रदर्शनमा उत्रिएका हुन् ।
ईडियन आयलले नेपाल आयल निगमलाई उपलब्ध गराउने ईन्धन ईडियन कस्टम पासगर्ने जिम्मा समेत लिएको र त्यसकालागि आईसीपी भन्सारमा राखिएका प्रतिनिधीले अनाबश्यक रुपमा पैसा असुल्न थालेपछि आफुहरु बिरोधमा उत्रिएको नेपाल पेट्रोलियम ढुवानी व्यबसायी महासंघका बरिष्ठ उपाध्यक्ष मनोज दासले बताउनुभयो ।
आईसीपी भन्सारको ईडियन कस्टम अगाडी झण्डै ७९ वटा ट्याँकर रोकेर ईडियन आयलका प्रतिनिधीले अनधिकृतरुपमा उठाएको रंगदारी करको बिरोधमा आफुहरु उत्रिएको नेपाल पेट्रोलियम ढुवानी व्यबसायी संघ बीरगंजका उपाध्यक्ष बिनोद मानन्धरले जानकारी दिनुभयो ।
ढुवानी व्यबसायी तथा ट्याँकर चालकको प्रदर्शनपछि नेपाल आयल निगम क्षेत्रिय कार्यालय बीरगंजका प्रमुख रामप्रसाद न्यौपाने सहितको टोली समस्या समाधानकालागी इडियन आयल कर्पाेरेशनका प्रतिनिधीसंग बार्ता गर्न आईसीपी भन्सारमा आईपुगेको समेत मानन्धरले बताउनुभयो ।
बिगतमा ईडियन कष्टम पास गरिदिएबापत ढुवानी व्यबसायीले ईडियन आयलका प्रतिनिधीलाई प्रति ट्याँकर १ सय रुपैया दिदै आएकोमा अहिले गुण्डा प्रयोग गरी ट्याँकर चालकलाई कुटपीट गरेर प्रति ट्याँकर नेपाली एक हजार रुपैया असुल्न थालेपछि आफुहरु बाध्य भई आन्दोलनमा उत्रिनु परेको मानन्धरले बताउनुभयो ।
कष्टम पास गरिदिएबापत ईडियन आयलका प्रतिनिधीलाई माया गरेर दिएको पैसा अहिले गुण्डा प्रयोग गरी जबर्जस्ती हजार रुपैया उठाउन लागेको हुँदा त्यसको बिरोधमा उत्रिनुको बिकल्प नभएको मानन्धरले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्