तपाईँ सुन्दै हुनुहुन्छः

रेल्वे निर्माणका लागि मुआब्जाको टुङ्गो अन्तिम चरणमा : मन्त्री नेम्वाङ

महोत्तरी । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङ्गले महोत्तरीको बर्दिबासमा निर्माण हुने (ब्रोडगेज) रेल्वेको मुआब्जाको टुङ्गो अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।

आज महोत्तरीको बर्दिवासमा राजनीतिक दलका प्रतिनिधी तथा स्थानीयहरुसंग कुरुा गर्दै मन्त्री नेवाङ्गले उपसमितिको प्रतिवेदनकोको आधारमा मूआब्जा निर्धारण छिट्टै टुङ्गो लाग्ने र सो कार्य अन्तिम चरणमा रहेको बताउनुभयो ।

बर्दिवासमा रेल्वे निर्माणका लागि ५३ विगाह जमिन अधिग्रहण गरिएको छ । पाँच बर्षदेखि जग्गा अधिग्रहण गरिएपनि समयमै मुआब्जा नतोकिदा स्थानीयहरु समस्यामा परेको स्थानीय खड्गबहादुर सिंहले बताउनुभयो ।

रेल्वेको लागि अधिग्रहण गरिएको जमिनको मुल्यांकन कम भएको भन्दै यस अघि स्थानीयहरुले विरोध गर्दै आएका थिए ।

रेल बिभागका महानिर्देशक बलराम मिश्रले ईलाका प्रसाशन कार्यालय बर्दिवासले पठाएको मुआब्जा प्रतिवेदनको आधारमा निर्णय हुने बताउनुभयोे ।
यसैबीच मन्त्री नेवाङ्गले बर्दिवास क्षेत्रमा निर्माणाधीन रेल्वेको भौतिक संरचनाहरुको निरीक्षण समेत गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button