तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरका ४३ हजार वालबालिकालाई दादुरा–रुवेला खोप लगाईदै

मकवानपुर । मकवानपुरमा आजबाट सुरु हुने दादुरा रुवेला खोप अभियान अन्र्तगत ४३ हजार बालबालिकालाई खोप लागाइने जनाईएको छ । दुईचरणमा सञ्चालन हुने कार्यक्रममा ९ देखि २४ महिनाका १२ हजार ९८ र २४ देखि ५९ महिनाका ३१ हजार २०५ जना गरि ४३ हजार ३०३ बालबालिकालाई दादुरा रुवेला बिरुद्धको खोप लगाईने जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले जानकारी दिनुभयो ।

जिल्लाका १० पालिकामा दुई चरणमा सञ्चालन हुने अभियान अन्र्तगत एक हजार १ सय ७८ जना खोप कार्यकर्ता मार्फत ५ सय ४१ स्थानमा खोपकेन्द्रबाट खोप लगाइने प्रमुख उपाध्यायले जानकारी दिनुभयो ।
सरकारको आर्थीक बर्ष २०७६–७७ मा बहुबर्षीय खोप योजना अन्तर्गत मकवानपुरमा दादुरारुवेला खोप अभियान आजबाट पहिलो चरणको कार्यक्रम सञ्चालन हुन लागेको हो । २०२० मा दादुरा खोप अभियान अन्तर्गत पहिलो चरणमा जिल्लाको बकैया गाउँपालिकामा चैत्र आजदेखि चैत्र २३ गते सम्म, राक्सिराङ गाउँपालिकामा चैत्र ६ गते सम्म, कैलाश गाउँपालिकामा चैत्र ११ गते सम्म, बागमती गाउँपालिकामा चैत्र ९ गते सम्म र मनहरी गाउँपालिकामा आगामी ८ गतेसम्म कार्यक्रम संचालन हुने उपाध्यायले जानकारी दिनुभयो ।

अभियानको दोस्रो चरणमा भीमफेदी गाउँपालिकामा चैत्र १० गतेबाट १८ गतेसम्म, इन्द्रसरोवर गाउँपालिकामा १५ गतेबाट २३ गतेसम्म, मकवानपुरगढी गाउँपालिकामा १७ गतेबाट २३ गतेसम्म, थाहानगरमा १५ गतेबाट २३ गतेसम्म र हेटौंडा उपमहानगरमा ११ गतेबाट १९ गतेसम्म सञ्चालन हुने उपाध्यायले बताउनुभयो ।

जिल्लामा ३६ प्रतिशत बालवालिकाहरु पुर्ण खोप सेवाबाट बञ्चित रहेको पाईएको समेत उहाँले जानकारी दिनुभयो । विश्वमा दादुरा–रुवेलाको अवस्था र नेपालमा विगत दुई वर्ष अघि र अहिलेको अवस्थाबारे जानकारी दिँदै उपाध्यायले जिल्लाका ७४ प्रतिशत बालवालिकाहरुले मात्र पुर्ण खोप प्राप्त गरेको पाईएको जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button