तपाईँ सुन्दै हुनुहुन्छः

आइपीएल करिब दुई साता पछि सारियो

काठमाडौं । चर्चित फ्रेन्चाइजी क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग आइपीएल करिव दुई साताका लागि सारिएको छ ।

कोरोना भाइरसका कारण पछिल्लो पटक भारतमा विदेशी पर्यटकलाई आउन बन्द गरेसँगै विदेशी खेलाडी पनि आउनमा कठिनाई हुने भएकाले बीसीसीआईले आइपीएल अप्रिल १५ तारिखका लागि सारिएको हो । यसअघि प्रतियोगिता मार्च २९ तारिखबाट सुरू हुने तालिका थियो ।

बीसीसीआईका अध्यक्ष सौरभ गांगुली र सचिव जय शाहले आइपीएल आयोजकका शिर्ष पदाधिकारीसँग गरेको छलफलपछि यो निर्णय गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button