‘औद्योगिक क्षेत्रमा लगानी बढाएर किसानलाई धनी बनाउने’
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कृषिसँगै औद्योगिक ोत्रमा लगानी बढाएर किसानलाई धनी बनाउने बताउनुभएको छ ।
प्रदेशभरिमै कृषि तथा औद्योगिक क्षेत्रको पर्याप्त विकास गरेर गरिब जनतालाई धनी बनाउने लक्ष्य प्रदेश सरकारको रहेको बताउनुभयो ।
क्षेत्रीय कृषि सेवा निर्देशनालय दिपायलमा मुख्यमन्त्री कृषि तथा पशुपन्छी विकास कार्यक्रमको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री भट्टले प्रदेशमा ठूला उद्योग तथा कृषि कार्यक्रम सञ्चालन गरी नागरिकलाई प्रत्यक्ष रूपमा रोजगारी दिने उद्देश्यले प्रदेश सरकार अगाडि बढिरहेको बताउनुभयो ।
डोटीमा पनि शुक्रवारै मुख्यमन्त्री कृषि तथा पशुपक्षी कार्यक्रमको शुरुआत भएको क्ष्क्षेत्रीय कृषि निर्देशनालय दिपायल राजपुरका प्रमुख यज्ञराज जोशीले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्