पहिलो पटक पोश मेशिनमार्फत सेवा दिदैँ ग्लोबल आइएमई बैंक
बर्दिया । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहकहरु माझ बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
बर्दियाको गुलरीयामा माघको ६ गते शाखा बिस्तार यस बैंकले कार्यालयमार्फत छोटो समयमै आफ्ना ग्राहकहरुलाई राम्रो सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत छोटो समयमै बिभिन्न सामाजिक कार्य समेत गरेको छ ।
जस अन्तरगत यही फाल्गुन ३ गते बर्दियाको गुलरीयामा रक्तदान कार्यक्रम गरी ६० प्वाइन्ट रगत संकलन गरी रेडक्रस बर्दियालाइ बुझाएको बैकका शाखा प्रमुख राजेश सिहले बताउनुभयो ।
बर्दियाको गुलरीयामा बंैकिग क्षेत्रमा पहिलो पटक पोश मेशिनमार्फत सेवा दिन थालेको ग्लोबल आइएमई बैंक बर्दियाले जनाएको छ । पोश मेशिन होटल तथा फेन्सी पसलमा राखिएको हो ।
गुलरयिाको हाल सम्म तीन पसलमा परिक्षणका लागि निःशुल्क बितरण गरेको मेशिन आगामी दिनमा थप गरीदै जाने बैकका शाखा प्रमुख राजेश सिंहले बताउनुभयो ।
बैंकले कृषि कर्जा अन्तर्गत बाख्रा पालन, माछा पालन, तरकारी खेती लगायतका कर्जामा १५ लाखसम्म सरल र छिटो ऋण उपलब्ध गराउने ग्लोबल आईएमई बैंक गुलरिया शाखा प्रमुख सिंहले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्