लघुजलविद्युत आयोजनाको ५० मिटर कुलो भत्कियो
अछाम । दर्ना लघु जलविद्युतको कुलो भत्किएको छ । कुलोबाट नियमित पानी चुहिँदै गएपछि पावर हाउस नजिकैको करिब ५० मिटर कुलो भत्किएको हो ।
यसरी कुलो भत्किदा विद्युत सेवा पुर्ण रुपमा बन्द भएको छ । कुलो निर्माणका लागी तत्काल समितीसँग आर्थिक स्रोत समेत नभएकाले निर्माण हुन केही समय लाग्ने विद्युतका अपरेटर झनक थापाले जानकारी दिनुभयो ।
सामान्य बजेटले निर्माण नहुने देखिएकाले वडा गाउँपालिका, र प्रदेश सरकारसँग बजेट माग गरिने उहाँले बताउनुभयो ।
५० मिटर कुलो भत्केकाले तत्काल कति बजेट लाग्ने भन्ने कुरा प्राविधिकको स्थलगत रिर्पोटको आधारमा थाहा हुने उहाँले जानकारी दिनुभयो ।
यता विद्युत सेवा अबरुद्ध भएपछि वडामा सञ्चालित बिभिन्न ईलेक्ट्रोनीक पसल, कुटानी, पिसानी मीलहरु सञ्चालन गर्न समस्या भएको छ भने वडा पुरै अन्धकार हुने भएको छ ।
प्रतिक्रिया राख्नुहोस्