तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाको प्रभाव कम गर्न तत्काल आर्थिक सुधारका कार्यक्रम आवश्यक

काठमाडौं । विश्वभरी नै महामारीका रूपमा फैलिरहेको नोवेल कोरोना भाइरस कोभिड १९ बाट नेपालको अर्थतन्त्रमा पर्नसक्ने प्रभावलाई कम गर्न तत्काल आर्थिक तथा मौद्रिक सुधारका कार्यक्रमहरू सार्वजनिक गर्न अर्थविद्हरू सरकारसँग आग्रह गरेका छन् ।

रिपोटर्स क्लवले आज काठमाडौँमा गरेको साक्षात्कारमा अर्थविद्हरूले कोरोनाको कारण नेपालको पर्यटन, होटल तथा सरकारी लगानीका ठूला आयोजनाहरू प्रभावित भईसकेको बताउँदै यसको असर कम गर्न सरकारले तत्काल पहल गर्नुपर्ने माग गरेका हुन् ।

कार्यक्रममा नेपाल राष्ट्र बंैकका पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्रीले कोरोना भाईरसको त्रासका कारण सबै क्षेत्रको उत्पादकत्व घट्दै गएको बताउनुभयो ।

अर्थविद् डा विश्वम्भर प्याकुरेलले कोरोना भाईरसका कारण चीन भारत लगायतका देशहरूले कच्चा पदार्थको आपुर्ती घटाउँदै लैजाँदा नेपालका सना तथा मझौला उद्योगहरू बन्द हुने अवस्थामा पुगेको बताउनुभयो ।

उहाँले कतार, मलेसिया, कोरिया लगायत नेपालका प्रमुख श्रम गन्तव्यहरूमा फैलिएको कोरोना भाईसरका कारण नेपालमा भित्रने विप्रेषणको दर समेत कम हुने र त्यसको प्रत्यक्ष असर अर्थतन्त्रमा पर्ने बताउनुभयो ।

अर्थविद् डा.चन्द्रमणी अधिकारीले उद्योग, प¥यटन, बैंक जस्ता प्रत्यक्षरूपमा प्रभावित क्षेत्रहरूलाई लक्षित गरी राहतका कार्यक्रमहरू ल्याउन सरकार संग माग गर्नुभयो ।

अर्थविद् डा. शंकर शर्माले कोरोना भाईरसको संक्रमण नेपालमा प्रवेश गर्न नदिन र यसको प्रभावलाई कम गर्न सम्पूर्ण राजनैतिक दल तथ नागरिक समाज एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button