खानेपानी तथा सरसफाई सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल जारी
काठमाडौं । प्रतिनिधिसभाको बिकास तथा प्रविधि समितिको बैठकमा खानेपानी तथा सरसफाई् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल जारी रहेको छ ।
समतिको आज सिंहदरबारमा बसेको बैठकमा समितिका सांसदहरुले विधेयकमा जनतालाई स्वस्च्छ खानेपानीको सहज सुविधा उपलव्ध हुने गरी व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो ।
बैठकपछि समितिका सभापति कल्याणी खड्काले सरोकारवाला निकाय, संशोधनकर्ता सांसदहरु र विज्ञहरुसँग थप छलफल गरेर मात्रै विधेयक पारित गरिने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्