तपाईँ सुन्दै हुनुहुन्छः

विर्तामोडका ७० कृषकलाई कुटी काट्ने मेशिन प्रदान

भद्रपुर, झापा । झापाको बिर्तामोड नगरपालिकाले कृषकलाई कुटी काट्ने मेशिन प्रदान गरेको छ ।

आज एक समारोहका बीच बिर्तामोड नगरपालिकाको पशुपन्क्षी तथा मत्स्य विकास शाखाले सहारा नेपाल साकोससँगको साझेदारी अनुदान कार्यक्रम अन्तरगत नगर क्षेत्रका ७० जना कृषकलाई कुटी काट्ने मेशिन (च्यापकटर) प्रदान गरेको हो ।

बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी, उपप्रमुख पवित्रा महतरा प्रसाईं, प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडा, सहारा नेपाल साकोसका कार्यक्रम संयोजक किशन गौतम, प्रशासकीय अधिकृत देवराज कार्की, कृषि शाखा प्रमुख राजेन्द्र कडरियालगायतले संयुक्त रुपमा च्यापकटर मेशिन कृषकलाई हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा नगरप्रमुख शिवाकोटीले नगरपालिकाले कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले मेसिन प्रदान गरेको बताउनुभयोे ।

कृषक नन्दु उप्रेतीले सही कृषकको पहिचान गरेर नगरपालिकाले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

साझेदारी अनुदान कार्यक्रम अन्तरगत कृषकलाई बिर्तामोड नगरपालिकाले ४५ वटा र सहारा नेपाल साकोसले २५ वटा च्यापकटर मेशिन दिएका हुन् ।

छ लाख ४० हजारको लागतमा ती मेशिन खरिद गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button