नेपाल रेडक्रस सोसाईटी लागि नियमनकारी निकायको व्यवस्था ब्यवस्था गर्नुपर्नेमा सरोकारवालको जोड
काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीलाई व्यवस्थित गर्न नियमनकारी निकायको व्यवस्था गनुपर्नेमा सरोकारवालाहरुले जोड दिनुभएको छ ।
प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिको नेपाल रेडक्रस सोसाईटीमा भईरहेको अनियमितता सम्बन्धमा परेका उजुरी माथि सरोकारवालासँग छलफल गर्न आज सिंहदरबारमा बसेको बैठकमा उजुरी कर्ताहरुले नेपाल रेडक्रसमा हुने मनोमानी अत्य गर्न नियमनकारी निकायको व्यवस्था हुनुपर्ने बताउनुभयो ।
उहाँहरुले नेपाल रेडक्रसमा अनियमितता र भ्रष्ट्राचार बढेको आरोप लगाउदै यसको यथाशिघ्र छानविन हुनुपर्नेमा जोडदिनुभयो ।
बैठकमा उजुरी कर्ताको सुझावलाई मध्यनजर गर्दै नेपाल रेडक्रस सोसाइटी समवद्ध व्यतिmहरुसँंग छलफल गरेर सरकारलाई आवश्यक निर्देशन दिने समितिले निष्कर्ष निकालेको छ ।
प्रतिक्रिया राख्नुहोस्