पाल्पामा सवारी साधनहरुको संख्या वृद्धिसँगै राजश्व संकलन बढ्यो
पाल्पा । सडकमा गुड्ने सवारी साधनहरुको संख्या वृद्धिसँगै राजश्व संकलनमा समेत वृद्धि भएको छ ।
मुख्य राजमार्ग, सहायक राजमार्ग र ग्रामिण क्षेत्रमा गुड्ने सवारीका साधनहरुले ट्राफिक नियमको पालना नगर्दा जरिमाना स्वरुप राजश्व बढेको हो ।
विगत तीन आर्थिक बर्षका तुलनामा यस आर्थिक बर्षमा राजश्व बढी संकलन हुने ट्राफिक प्रहरी कार्यालयका प्रमुख पृथ्वी नारायण काफ्ले बताउनुभयो ।
प्रमुख काफ्लेका अनुसार आर्थिक वर्ष ०७३/0७४ मा ८८ लाख ४६ हजार , ०७४/०७५ मा ७९ लाख २५ हजार , र ०७५/ ०७६ को अवधीमा ९१ लाख १९ हजार पाँच सय रुपैया राजश्व संकलन भएको थियो ।
ट्राफिक नियमको विपरित सवारी हाक्ने सवारी चालकबाट डण्ड जरिमाना स्वरुप उठ्ने राजश्व यस आर्थिक बर्षदेखि माघ मसान्त सम्म १० हजार नौ सय ५० वटा सवारीका साधनहरुबाट ६७ लाख ५० हजार रुपैया राजश्व संकलन भएको छ ।
यस आर्थिक बर्षमा झण्डै एक करोड रुपैया राजश्व संकलन हुने ट्राफिक प्रहरी कार्यालयको दावी छ ।
प्रतिक्रिया राख्नुहोस्