तपाईँ सुन्दै हुनुहुन्छः

‘निश्चित दुुरीभित्र क्लिनिक खोल्न नपाउने गरी कानुुन ल्याइँदै’

कुुमोद अधिकारी, विराटनगर । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुुभक्त ढकालले सरकारी अस्पतालमा कार्यरत चिकित्सहरुले निश्चित दुुरीभित्र क्लिनिक खोल्न नपाउने गरी कानुुन ल्याउन लागेको बताउनुु भएको छ ।

मोरङको विराटनगरमा जारी विराट एक्सपो कृषि तथा औधोगिक मेलाको आज समापन कार्यक्रममा मन्त्री ढकालले सरकारी अस्पतालका चिकित्सकहरुलाई कार्यालय समय अवधिभर अस्पतालमै रहने व्यवस्था मिलाएको वताउनुुभयो ।

मन्त्री ढकालले सरकारी अस्पताललको सेवालाई भरपर्दो गुुणस्तरीय बनाउन समेत काम भइरहेको बताउनुुभयो ।

उहाँले मुलुुकको आर्थिक सम्वृद्धिका लागी निजिक्षेत्र र सरकार विच सहकार्य आवश्यक रहेको समेत बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button