तपाईँ सुन्दै हुनुहुन्छः

घोराहीको इतिहास झल्काउन घोडाको प्रतिमा, मुख्यमन्त्रीद्वारा अनावरण

घोराही । घोराही उपमहानगरपालिकाले घोराहीको इतिहास झल्काउन घोडाको प्रतिमा राखेको छ । उपमहानगरले वडा नम्बर १४ र १५ को सिमाना गुम्रा चोकमा दुई वटा घोडाको प्रतिमा राखेको हो ।

चालु आर्थिक बर्षको कार्यक्रम तथा बजेटलाई टेण्डर मार्फत् २५ लाख रुपैयाँको लागतमा घोडाको प्रतिमा राखिएको उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीले जानकारी दिनुभयो । नशला हेण्डीक्राप्ट काठमाडौँले घोडाको प्रतिमासहितको संरचना निर्माण गरेको हो ।

यसैबीच शनिबार (आज) प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले घोडाको अनावरण गर्नुभएको छ ।

अनावरण कार्यक्रममा संघीय सांसद सुजिता शाक्य, शान्ता चौधरी, प्रदेश लोकसेवा आयोगका अध्यक्ष प्रा. डिलाराम भट्टराई, नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख सीता सिग्देल न्यौपाने, वडाअध्यक्ष, राजनितिक दलका प्रतिनिधी, पत्रकारसहित विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button