तपाईँ सुन्दै हुनुहुन्छः

दिलिप हत्याका अभियुक्तलाई पूर्पपक्षका लागि सिन्धुली कारगार पठाइयो

महोत्तरी । दिलिप महतो हत्या काण्डका अभियुक्तलाई पूर्पपक्षका लागि सिन्धुलीस्थित कारगारमा पठाइएको छ ।

धनुषा जिल्ला अदालतका न्यायाधीश केशबप्रसाद घिमिरेको इजलासले हत्यामा संलग्न टिपर चालक मुनिन्द्र महतो, लोडर चालक रञ्जित भनिने जितेन्द्रकुमार महतो र क्रसर सञ्चालक विपिनकुमार महतोलाई पुर्पक्षका लागि जलेश्वर कारागार चलान गरिएको थियो ।

जलेश्वर कागारगारमा कैदी भरी भराउ भएपछि तीनै जनालाई सिन्धुली पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रमेशकुमार बस्नेतले बताउनुभयो ।

अवैध उत्खननको विरोध गर्न गएका धनुषाको श्रीपुरका दिलीप भनिने ओमप्रकाश महतोलाई गत पुष २५ मा कुटपीटपछि टिपरे किचेर हत्या गरिएको थियो । उहाँको हत्या लगतै ६ जना आरोपीमध्ये तीन जनालाई प्रहरी पक्राउ गरिएको थियो ।

अदालतले तीन जनालाई पुर्पक्षका लागि जेल चलान गर्ने फैसला सुनाएको थियो भने, अन्य तीन जना भने २५÷२५ हजार धरौटीमा रिहा गरिएको थियो ।

दिलिपको हत्याको प्रयोग गरिएको टिपर, बरामद सामानले समेत हत्यामा संलग्न पुष्टि भएको जनाउँदै पुर्पक्षका लागि उहाँहरुलाई कारागार चलान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button