तपाईँ सुन्दै हुनुहुन्छः

नेपालमा लगानीको वातावरण बन्दै गएको छ : मन्त्री बाँस्कोटा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले दुई वर्षको अवधिमा सरकारले भ्रष्टाचार नियन्त्रण, बिधिको शासनको स्थापना र लोकतन्त्रको संस्थागत बिकासको क्षेत्रमा उल्लेखनीय उपलब्धी हासिल गरेको बताउनुभएको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सरकारको दुई वर्षे कार्यकालका उपलब्धीहरू बारे सोधेको प्रश्नमा मन्त्री बाँस्कोटाले बिधिको शासन स्थापना भई लोकतन्त्र बलियो हुँदै गएको बताउनुभयो ।

मन्त्री बाँस्कोटाले दुई वर्षको अवधिमा लगानीको वातावरण बन्दै गएको, सडक, पुल लगायतका भौतिक पूर्वाधारका विकासले गति लिएको र रेल तथा पानीजहाज सञ्चालनका लागि महत्वपूर्ण काम भएको बताउनुभयो ।

मन्त्री बाँस्कोटाले दुई वर्षको अवधिमा सरकारले अन्तराष्ट्रिय सम्बन्धको क्षेत्रमा समेत महत्वपूर्ण उपलब्धीहरू हासिल भएको बताउनुभयो ।

चीनियाँ राष्ट्रपति सि चिन फिङ्, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण, प्रधानमन्त्री के पि शर्मा ओलीको डाबोस भ्रमण, विमिष्टेक सम्मेलनको आयोजना लगायतले अन्तराष्ट्रिय राजनीतिमा नेपाल सुनिने, देखिने र बुझिने राष्ट्रको रूपमा स्थापित भएको बताउनुभयो ।

अर्को एक प्रश्नमा मन्त्री बाँस्कोटाले सि.जी कम्युनिकेशनले सरकारसँगको सम्झौतामा उल्लेखित सर्त तथा कानूनी प्रकृया पुरा गरेपछि मात्रै मोवाईल सेवा सञ्चालनको अनुमति पाउने समेत स्पष्ट पार्नुभयोे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button