तपाईँ सुन्दै हुनुहुन्छः

इरानमा १८० जना सवार विमान दुर्घटना

काठमाडौं ।  इरानबाट उडेको विमान दुर्घटना भएको छ । इरानको तेहरान विमानस्थलमा १८० जना यात्रु बोकेको विमान दुर्घटना भएको हो ।युक्रेनी बोइङको ७३७ विमान तेहरान विमानस्थल नजिक दुर्घटनामा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।विमानकाे इन्जिनमा प्राविधिक समस्या देखिएका कारण  दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button