तपाईँ सुन्दै हुनुहुन्छः

म्यानचेस्टर युनाइटेड म्यानचेस्टर सिटीद्वारा ३-१ ले पराजित

एजेन्सी। काराबाओ कपको अन्तरगत मंगलबार राति भएको सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।

घरेलु मैदानमा म्यानचेस्टरलाई पराजित गर्ने क्रममा सिटीले खेलको १७ औं मिनेटमा पहिलो गोल गरेको थियो । बर्नार्डो सिल्भाको गोलमा अग्रता कायम गरेको सिटीका लागि ३३ औं मिनेटमा रियाद महरेजले दोश्रो गोल गरे ।

त्यसपछि २-० को अग्रता कायम गरेको सिटीले खेलको ३८ औं मिनेटमा तेश्रो गोल उपहार पायो । युनाइटेडका परेइराले आत्मघाती गोल गरेपछि उसले गोल उपहार पाएको हो ।

यसरी खेलको पहिलो हाफमा ३-० ले पछि परेको युनाइटेडले खेलको ७० औं मिनेटमा एक गोल फर्कायो । सो गोल मार्कस रासफोर्डले गरेका थिए । रासफोर्डको गोलपछि युनाइटेडले थप भने गोल गर्न सकेन र नतिजा सिटीको पक्षमा गयो । दुबै टोलीबीचको दोश्रो लेग जनवरी २९ मा हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button