एपिएफ क्लब र त्रिभुवन आर्मी एकै समूहमा
काठमाडौं । साविक विजेता नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब न्यु डायमण्ड खुला महिला भलिबल प्रतियोगिताको एकै समूहमा परेका छन् ।
७ टोलीको सहभागितामा ढोरपाटन स्पोर्टस् क्लबको गोगंबु बसपार्क नजिक रहेको कार्टमा बुधबारबाट सुरु हुने प्रतियोगिता पुस २६ गते सम्म चल्नेछ ।
आयोजक न्यु डायमण्ड क्लबले मंगलबार राखेको टेक्निकल बैठकमा खेल तालिका सार्वजनिक हुँदा एपिएफ, आर्मीका साथ समूह ‘ए’मा पारामाउन्ड इङ्लिस बोडिङ स्कुल र पोखराको टप्स माविक रहेका छन् ।
त्यस्तै समूह ‘बी’मा आयोजक एवंम् साविक उप विजेता न्यु डायमण्ड स्पोर्टस क्लबसहित ढोरपाटन स्पोर्टस् क्लब र नेपाल पुलिस क्लब रहेका छन् ।
प्रतियोगिताको विजेताले ४ लाख १ हजार १ रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले ३ लाख १ हजार १ सय रुपैयाँ हातपार्ने छ भने । तेस्रो हुनेले टोलीले १ लाख ५१ हजार १ सय १ रुपैया तथा चौथो हुनेले ५१ हजार १ सय १ रुपैयाँ प्राप्न गर्नेछ ।
प्रतिक्रिया राख्नुहोस्