ए डिभिजन लिगमा आज हिमालन शेर्पा र फ्रेन्ड्स क्लब भिड्दै
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज एक खेल मात्र हुनेछ । जसमा फ्रेन्ड्स क्लब र हिमालयन शेर्पा भिड्दैछन् ।
यी दुई टोलीबीचको खेल दशरथ रंगशालामा दिउँसो ३ बजे सुरु हुनेछ । दुबै टोली आज पहिलो जितको खोजीमा हुनेछन् । फ्रेन्ड्स क्लबले आफ्ना ४ वटा खेलबाट जम्मा १ अंक जोडेको छ भने हिमालयन शेर्पाले समान खेलबाट २ अंक जोडेको छ ।
यसअघि हिजो भएका दुबै खेल बराबरीमा रोकिएका थिए। मनाङ मस्र्याङ्दी र मच्छिन्द्रले २–२ गोलको बराबरी खेल्दा न्युरोड टिम एनआरटी र जावलाखेल युथ गोलरहित बराबरीमा रोकिएका थिए ।
प्रतिक्रिया राख्नुहोस्