तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटन प्रवर्धन गर्न तनहुँको मानहुँकोटमा नेपाल कै ठूलो राष्ट्रिय झण्डा राखिने

तनहुँ । तनहुँको व्यास ५ स्थित मानहुँकोटमा नेपालको हालसम्म कै ठूलो राष्ट्रिय झण्डा राखिने भएको छ । व्यासनगर युवा क्लव संञ्जाल तनहुँको सक्रियतामा पर्यटन वर्ष २०२० लाई लक्षित गरी राष्ट्रिय झण्डा राख्न लागिएको हो ।

पर्यटकीय स्थलको रुपमा अहिले मानहुँकोट विकास भइरहेको छ । यहाँ दैनिक सयौं आन्तरिक पर्यटक जाने गरेका छ्न ।

महाभारत र अठार पुराणका रचयिता वेदव्यासले तपस्या गरेको व्यासभूमिको शिरमा रहेको मानहुँकोटमा नेपालकै ठूलो कृतिमानी राष्ट्रिय झण्डा आउदो नयाँ वर्ष २०७७ वैशाख १ गते राखिने भएको हो ।

नेपाल सरकारको भ्रमण वर्ष २०२० लाई भव्यताका साथ मनाउने नीति अनुरुप राष्ट्रिय झण्डाको माध्यमबाट पर्यटन प्रवर्धन गर्न र मानहुँकोटलाई राष्ट्रिय रुपमा चिनाउनको लागि यस अभियानको माध्यमबाट प्रचारप्रसार गर्न उक्त कार्यक्रम गर्न लागिएको क्लबका अध्यक्ष गौरव पन्तले बताउनुभयो ।

हालसम्म नेपालकै ठूलो राष्ट्रिय झण्डा भनि काठमाडौंको माइतिघर मण्डलामा रहेको झण्डालाई मानिदै आएको छ । जसको लम्बाई १० मिटर र चौडाई ७ मिटर रहेको छ । तर अब भने मानहुँकोटमा देशकै ठूलो राष्ट्रिय झण्डा राखेर पर्यटक प्रवद्र्धन मार्फत व्यास नगरपालिकालाई स्वदेश तथा विदेशमा समेत परिचित बनाउन लागिएको अध्यक्ष पन्तले बताउनुभयो ।

मानहुँकोटमा निर्मार्ण गरिने झण्डाको लम्बाई ४५ फिट र त्यसमा प्रयोग गरिने खम्बा ७२ फिट अग्लो हुने अध्यक्ष पन्तले जानकारी दिनुभयो ।

पुर्वाधार निर्माणमा १६ लाख ५२ हजार एक सय ७०, दाता सम्मान एक लाख, झण्डा निर्माणको लागि ५० हजार, छलफल गोष्ठीका लागि ५० हजार, प्रचार प्रसारका लागि ३० हजार र उद्घाटनको लागि ३० हजार गरी कुल १९ लाख १२ हजार एक सय ७० रुपैयाँको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

 

मानुङकोटबाट तनहुँको सदरमुकाम दमौली, व्यास गुफा, सेतीमादी नदी, पराशर क्षेत्र, साँगे फाँटलगायत गण्डकी प्रदेशका बिभिन्न जिल्लाबाट देख्न सकिन्छ । झण्डा राखिएको वरपर बस्नका लागि फलामे कुर्सीहरु र बगैँचा निर्माण गरिने भएको छ ।

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले उक्त अभियानमा व्यास नगरपालिकाभित्र पर्यटनको आर्कषण बढ्दो रहने बताउनुभयो । उहाँले मानहुँकोटको पर्यटन प्रर्वद्धन गर्न प्रत्येक वर्ष व्यासनगर अल्ट्रा म्याराथनसमेत हुदैं आएको बताउनुभयो । करिब पाँच हजार बढीको जनसहभागितामा आवश्यक रकम संकलन गर्ने लक्ष्य रहेको क्लबका अध्यक्ष पन्थले बताउनुभयो ।

त्यस्तै व्यास ५ का वडा अध्यक्ष मोहनकुमार श्रेष्ठले उक्त स्थानमा भ्यू पोईन्ट बनाउनका लागि टेण्डर प्रक्रिया भईरहेको जानकारी दिनुभयो ।

दमौलीबाट मानहुँकोट जाने बाकीं कच्ची मार्ग यसै आर्थिक वर्षमा कालोपत्रे हुने व्यास–५ का वडाअध्यक्ष श्रेष्ठले बताउनुभयो । कृषि, पर्यटन र शिक्षा लाई व्यास नगरपालिकाले आफ्नो मुख्य प्राथमिकतामा राखेको छ ।

‘सूर्योदय हेर्न मानहुँकोट जाऔ’

तनहुँको दमौली आएपछि जानै पर्ने ठाउँ हो, मानहुँकोट । व्यास नगरपालिका–५ मानहुँकोटमा पर्यटकको भिड लागेको छ ।

मानहुँकोटबाट सूर्योदय र सूर्यास्तको मनोरम दृश्य देखिने भएकाले यस क्षेत्रमा विशेष गरी बिहान र साँझ पर्यटकको भिड लाग्ने गरेको छ ।

वडाध्यक्ष मोहनकुमार श्रेष्ठका अनुसार बिहान सूर्योदएको दृश्य र कुहिरोले ढाकिएको गाउँ र पहाडको मनोरम वातावरणले पर्यटकको मन खिच्ने गरेको छ ।

साथै सहरी कोलाहलबाट दिक्क भएका यहाँ आएर रमाउने गरेका छन् । बसाइँसराइले पातलिँदै गएको मानहुँकोटको बस्ती पर्यटकका कारण फेरी बाक्लिन थालेको छ । दैनिक पर्यटकको चहलपहल हुन थालेपछि स्थानीय पनि उत्साहित भएको स्थानीय गोपीबहादुर थापाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button