राष्ट्र बैंकले आज १० करोडको ट्रेजरी बिल बिक्री गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले पछिल्ला दिनमा ट्रेजरी बिल तथा रिपो जारी गर्ने कार्यलाई निरन्तरता दिंदै आज पुस २१ गते पुनः ट्रेजरी बिल बिक्री गर्दै छ । बैंकले आज कूल रु १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकले बताएको छ । कूल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको उक्त ट्रेजरी बिल आगामी चैत २५ गते परिपक्व हुनेछ ।
प्रतिक्रिया राख्नुहोस्