तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल भ्रमण वर्ष २०२० को अवसरमा अष्ट्रेलियामा पनि विशेष कार्यक्रमको आयोजना

काठमाडौं नेपाल भ्रमण वर्ष २०२० को अवसरमा अष्ट्रेलियामा पनि विशेष कार्यक्रमको आयोजना गरी अष्ट्रेलियन नागरिकलाई नेपाल भ्रमणको लागि आग्रह गरिने भएको छ ।

पुस २२ गतेका दिन विदेशस्थित नेपाली दूतावासमा भ्रमण वर्षको उद्घाटन गरिने र दूतावास नभएका मुलुकमा गैरआवासीय नेपालीमार्फत उद्घाटन गरिने कार्यक्रम अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अष्ट्रेलियाको सिडनीमा आयोजना हुने नेपाल भ्रमण बर्षको कार्यक्रमको उदघाटन गर्नु हुने भएको हो ।

कार्यक्रममा सहभागि हुन पर्यटनमन्त्री त्यसतर्फ जानुभएको पर्यटन मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले जानकारी दिनुभयो ।

अष्ट्रेलियाका लागि नेपाली राजदूतावास क्यानबेराको आयोजना तथा महावाणिज्य दूतावास सिड्नी र न्यू साउथ वेल्सको सहयोगमा सिडनीमा भ्रमण वर्षको भव्य समारोहबीच शुभारम्भ गरिनेछ । कार्यक्रममा गैरआवासी नेपाली सङ्घ (एनआरएनए) लगायत स्थानीय अगुवा संस्थाको सहभागिता रहनेछ ।

राजदूतावासको पहलमा अष्ट्रेलियाका ट्राभल एजेन्सीहरूले नेपाल भ्रमणको प्याकेजहरू पनि सार्वजनिक गरिसकेका छन् ।

अष्ट्रेलियाबाट वार्षिक करिब ३३ हजार पर्यटक नेपाल भित्रिने गरेको तथ्याङ्क रहेको छ । पर्यटनमन्त्री अष्ट्रेलिया रहँदा नेपाल र अष्ट्रेलियाबीच हवाई सेवा सञ्चालनका विषयमा पनि कुराकानी हुने प्रवक्ता तामाङले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button