तपाईँ सुन्दै हुनुहुन्छः

झापाका दुईवटा सडक कालोपत्र हुँदै

झापा। झापाको धुलाबारी हुँदै ज्यामिरगढी– भद्रपुर सडकखण्ड र धुलाबारी–इरौटार सडकखण्ड कालोपत्र हुने भएको छ । १ नं प्रदेश सरकारले धुलाबारी–भद्रपुर सडकखण्डका लागि रु २५ करोड ३२ लाख ८४ हजार ८२२ र धुलाबारी–इरौँटार सडकखण्डका लागि रु ४६ करोड २३ लाख ८२ हजार ९८३ बजेट विनियोजन गरेसँगै दुईवटा सडक कालोपत्र हुने भएका हुन् ।

दुई चरणमा हुने कालोपत्रको शिलान्यास प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले शिलान्यास गर्नुभयो । धुलाबारी–भद्रपुर सडकखण्ड हिम्डुङ्ग एन्ड थोकर सरोज जेभीले कालोपत्र गर्ने भएको छ । सो सडक २०७९ साल असार ३१ गतेसम्ममा निर्माणसम्पन्न गर्ने सहमति भएको छ ।

यसैगरी प्याकेज २ मा धुलाबारी– इरौँटार सडकखण्ड कालोपत्र हुने भएको छ । कन्काई झापाली जेभी विर्तामोडले निर्माणको जिम्मा लिएको सो सडक २०७९ साल असार ३१ ग्ते निर्माणसम्पन्न गर्ने सम्झौता भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button