साबिक बिजेता म्यानचेस्टर सिटी एफए कपको चौथो चरण प्रवेश
एजेन्सी । एफए कपको चौथो चरणमा म्यानचेस्टर सिटी प्रवेश गरेको छ । साविकको विजेता सिटीले शनिबार राति भएको तेश्रो चरणको खेलमा पोर्ट भेललाई ४-१ को फराकिलो गोल अन्तरले पराजित गर्दै चौथो चरण प्रवेश गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा सिटीले २० औं मिनेटमा जिनचेन्को गोलमा अग्रता लिएको थियो । त्यसपछि ३५ औं मिनेटमा पोर्ट भेलका पोपेले बराबरी गोल फर्काए । ४२ औं मिनेटमा सर्जियो अग्युरोले सिटीका लागि पुनः गोल गरे र पहिलो हाफ २-१ को अवस्था सकियो ।
त्यसपछि म्यानचेस्टर सिटीले खेलको ५८ तथा ७६ औं मिनेटमा दुई गोल गर्यो नतिजा ४-१ ले आफ्नो पक्षमा पार्यो। ती गोलहरू क्रमशः हार्वुड बेलिस र फिल फोडिनले गरेका हुन् ।
प्रतिक्रिया राख्नुहोस्