तपाईँ सुन्दै हुनुहुन्छः

आजदेखि मौसममा सुधार

काठमाडौं । पश्चिमी बायुको प्रभावले बिग्रिएको मौसम आइतबारदेखि सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभाव कमजोर हुँदै गएकाले आइतबार र सोमबार देशभरकै मौसम सफा हुनेछ ।

मौमसविद् प्रतिभा मानन्धरका अनुसार उपत्यकासहित देशका केही ठाउँमा आकाशमा बादल देखिएपनि दिउँसोबाट हट्दै जाने र घाम लाग्नेछ ।

नयाँ मौसमी प्रणाली देखिएकाले मंगलबारदेखि भने फेरि मौसम बदली हुने सम्भावना रहेको उहाँले जानकारी गराउनुभयो ।

मौसम विश्लेषण)

हिजो सम्म बदली संगै वर्षा गराएको मौसमी प्रणाली कमजोऱ हुँदै गएको छ |

मौसमको अवस्था )

हाल देशको पहाडी भू-भाग लगायत उच्च हिमाली भु-भागहरुमा आंशिक बदली रही बाँकी भुभागमा मौसम सामान्यतया सफा रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

पौष २० गते (आइतबार)
दिउँसो : देशको उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती : देशको उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

पौष २१ गते (सोमबार)
दिउँसो : देशको उच्च हिमाली भू-भागहरुमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातीः देशको पहाडी भू-भाग लगायत उच्च हिमाली भू-भागहरुमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

पौष २२ गते (मंगलबार)

दिउँसो : देशको पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातीः देशको पश्चिमी र मध्य भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भूभागको मौसम सामन्यतया सफा रहने छ | देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ। पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

मौसम खुले पनि बिहान र बेलुका चिसो रही रहने हुनाले चिसोबाट जोगिन हुन सबैमा अनुरोध छ |

प्रतिक्रिया राख्नुहोस्

Back to top button