तपाईँ सुन्दै हुनुहुन्छः

अहिलेसम्मकै महँगो सुन, तोलाको ७५ हजार ५ सय

काठमाडौँ । दिनप्रतिदिन सुनको भाउ बढ्दै गएको छ ।साताको अन्तिम दिन शुक्रबार प्रतितोला ७४ हजार ५ सयमा कारोबार भैरहेको छापावाल सुनको मूल्य आइतबार प्रतितोला १ हजारले बढ्दै ७५ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजावी सुनको मूल्य पनि बढेको छ । आज प्रतितोला ७५ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ ।यस्तै, चाँदीको भाउ भने आज पनि स्थिर रहेको छ । आज प्रतितोला ९ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button