तपाईँ सुन्दै हुनुहुन्छः

‘तीनै तहका सरकारबीच समन्वय आवश्यक’

झापा । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले विकास र समृद्धिको साझा लक्ष्य प्राप्तिका लागि तीनै तहका सरकारबीच समन्वय आवश्यक भएको बताउनुभएको छ ।

झापाको दमकमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले भौतिक पूर्वाधार विकासमा मात्र नभई सरकारले मानवीय सशक्तीकरणमा पनि जुटुको बताउनुभयो ।

मन्त्री गुरुङले मानवीय सशक्तीकरणअन्तर्गत प्रदेश नं १ बाट सडक बालबालिका मुक्त पार्न शुरु गरिएको अभियान देशैभरी विस्तार हुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button