तपाईँ सुन्दै हुनुहुन्छः

‘छिमेकीको विकासबाट नेपालले लाभ लिनुपर्छ’

हरिश चन्द्र बाग, कञ्चनपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले उत्तर र दक्षिणतर्फका दुई वटै छिमेकी देशसंग नेपालले बराबर सम्बन्ध राख्न चाहेको बताउनु भएको छ ।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी कञ्चनपुरको वेदकोट नगरपालिकाले आज आयोजना गरेको जनप्रतिनिधि सम्मेलनमा वरिष्ठ नेता नेपालले भारत र चिनको विकासबाट नेपालले लाभ लिनुपर्ने धारणा राख्नुभयो ।

वरिष्ठ नेता नेपालले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य सफल पार्न तीन वटै तहका सरकार र सरोकारवाला सबैले लाग्नुपर्ने खाँचो रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button