तपाईँ सुन्दै हुनुहुन्छः

दुई हजार बढी कामदार लैजाने जापानको तयारी

काठमाडौं । जापानले झण्डै दुई हजार बढी नेपाली कामदार लैजाने तयारी गरेको छ ।

जापान फाउण्डेशनले यही जनवरीमा एक हजार र आगामी मार्चमा एक हजार ३०० नेपाली कामदार लैजाने तयारी थालेको सूचना मार्फत जनाएको छ । फाउण्डेसनले एक सूचना जारी गरी परीक्षा तालिका समेत सार्वजनिक गरेको छ ।

गत चैतमा नेपाल र जापानबीच कामदार लैजानेसम्बन्धी समझदारी भएको थियो । पहिलो चरणमा जापान रोजगारीका लागि १३ हजार युवाले सहभागिता जनाएका थिए ।

नेपालबाट नर्सिङ, केयरगिभरमा कामदार लैजाने जापानको तयारी छ । जापानले गतवर्ष विभिन्न १४ क्षेत्रमा विदेशी कामदार ल्याउने घोषणा गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button