रसुवाको मूलखर्कमा बस दुर्घटना आठ जना घाइते
रसुवा- काठमाडौँबाट रसुवाको सदरमुकाम धुन्चेतर्फ आइरहेको प्रदेश ३ ख ९४६५ को बस कालिका गाउँपालिका–१ मूलखर्कको पासाङल्हामु राजमार्गअन्तर्गत मूलखर्कका आज दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।
घाइतेलाई काठमाडौँ र धुन्चे पठाइएको तथा उद्धार कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिनुभयो । अहिले पनि उद्धार कार्य जारी रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्