टिपरको ठक्करले एक महिलाको मृत्यु
जनकपुरधाम । जनकपुरमा टिपरको ठक्करबाट आज एक जना महिलाको मृत्यु भएको छ । जनकपुरधामको वडा नं ७ पगलाबाबा धर्मशाला नजदिक ना १ क ४५०९ नम्बरको टिपरले ठक्कर दिदा जनकपुरधाम उपमहानगरपालिका वडा नंं ६ बस्ने वर्ष ४० की सुधादेवी ठाकुर रहेको प्रहरीले जनाएको छ ।
जनकपुरधामको श्रीराम युवा कमिटिका पूर्व अध्यक्ष सोहन ठाकुरको धर्म पत्नी ठाकुरलाई टिपरले पछाडिबाट ठक्कर दिँदा गम्भीर घाइते भएकोमा उपचारको लागि जानकी हेल्थ केयरमा लगेपछि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्