तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा एकै दिन एक सय ५२ छाउगोठ भत्काइयो

अछाम । गृह मन्त्रालयले गत पौष ९ गते छाउपडी प्रथा न्यूनिकरणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम गर्न तथा छाउगोठ भत्काउन निर्देश दिएपछि अछाममा हाल सम्म सात सय ५६ छाउपडी गोठ भत्काइएको छ ।

आजमात्र अछाम जिल्लाका विभिन्न ठाउँमा रहेका एक सय ५२ वटा छाउगोठ भत्काइएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी, जनप्रतिनिधि, समाजसेवी तथा आमा समुहको संयुक्त टोलीले ती छाउगोठ भत्काएका हुन ।

जिल्लाको तुर्माखाद गाउँपालिका– ६ ढाडेमा १० वटा, वडा नम्बर ७ तोसीमा चार वटा, कमलबजार नगरपालिका– ३ बयालामा नौ, पञ्चदेवल विनायक नगरपालिका– ९ बल्तडा र तितडा टोलमा २६, तुर्माखाद गाउँपालिका –५ नाडामा १५, ढकारी गाउँपालिका –सेरामा १५, तुर्माखाद गाउँपालिका– १ रहफमा २५, रामारोसन गाउँपालिका– ३ मलातीकोटमा २६ र साफेबगर नगरपालिका– ८ मा २२ गरी जम्मा एक सय ५२ छाउगोठ भत्काइएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

साथै उक्त टोलीले छाउपडी प्रथा सम्बन्धि जनचेतनामुलक कार्यक्रमका साथै छाउपडी सम्बन्धी कानुनी प्रावधान बारे जानकारी समेत दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक रमेशदत्त अवस्थीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button