अछामका बम बहादुर क्लासिकल स्पिकिङ आईडलमा सुदूरपश्चिम प्रथम
अछाम । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा भएको क्लासिकल स्पिकिङ आईडलमा अछामका बम बहादुर विक प्रथम भएका छन् ।धनगढीको रुबस होटलमा तीन दिनसम्म भएको प्रतियोगितामा अन्य ७२ प्रतिष्पर्धिलाई उछिन्दै बम बहादुर प्रथम भएका हुन् ।
अछामको षोडशा देवि माध्यामिक बिद्यालय मंगलसैनमा १० कक्षामा अध्ययनरत विद्यार्थी बमले क्लासिकल स्पिकिङ आईडल २०१९ को उपाधि जित्दै नगद एक लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
फरक क्षमता भएका दृष्टिबिहिन बमले सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुन बहादुर थापाको हातबाट पुरस्कार ग्रहण गर्नुभएकको आईडलकी अछाम स्वयंसेवक संयोजक प्रमिला ढुंगानाले जानकारी दिनुभयो ।
प्रथम स्थान प्राप्त गर्न सफल बमबहादुरले सभामुखसँग संयक्त राष्ट्रसंघले आउँदो अप्रिल महिनामा आयोजना गर्ने अन्तर्राष्ट्रिय भ्रमणमा जान पाउने अवसर पाएका छन् । उनी स्पिकिङ आईडलको राष्ट्रिय भेलामा समेत सुदूरपश्चिमबाट छनौट भएका छन् ।
प्रतिक्रिया राख्नुहोस्