तपाईँ सुन्दै हुनुहुन्छः

५३ किलो गाँजा सहित चारजना पक्राउ

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेबाट प्रहरीले लागूऔषध गाजा ५३ केजीसहित चार जनालाई पक्राउ गरेको छ ।

मकवानपुरबाट भारततर्फ निकासी गर्न लागिएको गाँजा नियन्त्रणमा लिने क्रममा मकवानपुर प्रहरीले चार राउन्ड हवाई फायरसमेत गरेको छ ।

भारतीय कार र ट्रकमार्फत निकासी गर्न लागिएको गाँजासहित चार जनालाई पक्राउ गरेर मुद्धा चलाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक यज्ञप्रसाद भट्टराईले बताउनुभयो ।

रातोमाटे र चुरीयामाई बीच जंगलबाट चार राउन्ड हवाई फायर गर्दै डिएल ३ सीएक्यु ४१७२ नम्बरको कारलाई नियन्त्रणमा लिएको हो ।

३२ केजी गाँजासहित भारत मोतिहारी चम्पारण कुडुवा चैनपुर बारवा वस्ने ३७ वर्षिय दिलीप कुमार सिंह, मोतीहारी रघुनाथपुर बस्ने १८ वर्षिय उज्वल कुमार ठाकुर र रौतहट यमुनामाई गाउँपालिका वडा नम्बर ४ बस्ने २४ वर्षिय बिकाश सिंहलाई प्रहरीले पक्रउ गरेको हो ।

यसैगरी रातोमाटेबाट नै गएराती २१ केजी गाँजासहित एक जनालाई पक्राउ गरिएको छ । मनहरीबाट वीरगन्जतर्फ जाँदै गरेको ना ५ ख ७२६८ नम्बरको ट्रकमा राखेर निकासी गर्न लागिएको गाँजासहित चालक राक्सीराङ गाउँपालिका वडा नम्बर ५ बस्ने ३५ वर्षिय राजकुमार मोक्तानलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button