तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस पदाधिकारी बैठकले १४ जना उम्मेदवारको नाम टुंगायो

काठमाडौँ। नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पार्टीबाट उम्मेदवार छानेको छ।पार्टी केन्द्रीय समितिले दिएको जिम्मेवारीअनुसार शनिबार विहान बसेको कांग्रेस पदाधिकारी बैठकले १४ जना उम्मेदवारको नाम टुंगो लगाएको छ। बाँकी २ उम्मेदवारको नाम शनिबार साँझसम्म टुंगो लाग्ने कांग्रेसले जनाएको छ।

 

यी हुन् कांग्रेस उम्मेदवार:

प्रदेश नम्बर १:

पाँचथरका निरबहादुर विश्वकर्मा (दलिततर्फ)

सुनसरीकी मीना पुलामी मगर (महिला)

झापाका राजेन्द्र घिमिरे (अन्य)

प्रदेश नम्बर २:

महोत्तरीकी नगिना यादव (महिला)

धनुषाका भोला पन्जियार (अल्पसंख्य/अपांगता)

प्रदेश नम्बर ३:

सिन्धुपाल्चोकका हरिशरण श्रेष्ठ (अन्य)

चितवनकी छलीकुमारी शर्मा उपाध्याय (महिला)

गण्डकी प्रदेश

स्याङ्जाका सूर्यप्रसाद रेग्मी (अन्य)

म्याग्दीकी विमला गौचन (महिला)

प्रदेश नम्बर ५

अर्घाखाँचीका बालकृष्ण पाण्डे (अन्य)

दाङकी गिरिजा न्यौपाने (महिला)

बाँकेकी मेराज हलवाई (अल्पसंख्यक/अपाङ्गता)

कर्णाली प्रदेश उम्मेदवार टुंग्याउन बाँकी

सुदुरपश्चिम प्रदेश

बैतडीका प्रताप ठगुन्ना (अन्य)

कैलालीकी तुलसी देवकोटा (महिला)

प्रतिक्रिया राख्नुहोस्

Back to top button