‘राष्ट्रिय गौरवको आयोजनाका सडकहरुको निर्माण निर्धारित समयमै सम्पन्न हुने’
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले राष्ट्रिय गौरवको आयोजना अन्तर्गतका सडकहरुको निर्माण कार्य निर्धारित समयमै सम्पन्न हुने बताउनु भएको छ ।
राष्ट्रिय सभा,राष्ट्रिय सरोकार तथा समन्वय समितिको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सञ्चालित राष्ट्रिय गौरवका आयोजना सम्बन्धमा छलफल गर्न आज सिंहदरवारमा बसेको बैठकमा मन्त्री नेम्बाङले पुष्पलाल (मध्य पहाडी) लोकमार्ग र हुलाकी लोकमार्ग समयमै सम्पन्न गर्ने गरि काम भईरहेको बताउनुभयो ।
मन्त्री नेम्बाङले मन्त्रालय अन्तर्गत रहेका सबै राष्ट्रिय गौरवका आयोजनाको काममा प्रभावकारिता ल्याउन अन्तर मन्त्रालय र अन्तर निकाय बीच सहकार्य समन्वय गर्दै अघि ब्ढ्ने बताउनुभयो ।
बैठकमा भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्रर्कीले काम गर्ने पुरानै पद्धतिका कारण आयोजनाको काममा ढिलासुस्ती भए पनि अव राष्ट्रिय गौरवका आयोजनाको काम तोकिएको समयमा सक्ने गरी काम थालिने बताउनुभयो ।
सडग विभागका महानिर्देशक केशवकुमार शर्माले यो आर्थिक वर्षको सुरुवातमा सार्वजनिक विदा र पर्व विदाका कारण कामले गति लिन नसक्दा बजेट खर्चहुन नसेकेको भन्दै आगमि महिनाहरुमा कामले गतिलिने विश्वास व्यक्त गर्नुभयो ।
बैठकमा सांसदहरु दिपा गुरुङ,रामपृत पाश्वान, रामचन्द्र राई लगायतले मध्य पहाडी लोकमार्ग, हुलाकी लोकमार्ग ,उत्तर दक्षिण कर्णाली करिडोर, काली गण्डकी करिडोर लगायतका राष्ट्रियगौरवका आयोजनाको काम सन्तोस जनक नभएकोले कार्यमा सिघ्रता र प्रभावकारिता ल्याउनुपर्नेमा जोड दिनुभयो ।
बैठकमा विभिन्न राष्ट्रिय गौरवको आयोजनाका प्रमुखहरुले मु आब्जा वितरण, आरक्ष , राष्ट्रिय निकुञ्ज र बजार व्यवस्थापन जस्ता समस्याका कारण आयोजना प्रभावित हुन पुगेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्